एसईईका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन नपाउने
२ असार, रौतहट । यो वर्ष (एसईई) का विद्यार्थीले पुरक ग्रेडवृद्धि परीक्षा दिन नपाउने भएका छन् ।
कोरोना माहामारीका कारण एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गरिने भएकाले ग्रेडवृद्धि परीक्षा सञ्चालन नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यो वर्ष नतिजा प्रकाशन पश्चात् उत्तरपुस्तिका पुनर्योग गराउने, उत्तरपुस्तिका पुनः परीक्षण गराउने, उत्तरपुस्तिका हेर्ने र पूरक ग्रेडवृद्धि परीक्षा नहुने भएको बोर्डले जनाए ।
एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ मा विद्यार्थीको अन्तिम मूल्यांकनका लागि विद्यालयले प्रधानाध्यापकको नेतृत्वमा अंग्रेजी, गणित र विज्ञान शिक्षक तथा वरिष्ठ शिक्षक सम्मिलित पाँच सदस्यीय मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।






