सुनको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
२ असार २०७८, बुधबार १३:१३
२ असार, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर बुधबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुनको भाउ पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाए ।
त्यसैगरी आज चाँदी मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।






