जन्मदिनको अवसरमा खड्काले ५ स्वास्थ्य केन्द्रलाई गरेका स्वास्थ्य सामग्री सहयोग

   २८ जेष्ठ २०७८, शुक्रबार ११:२०  

२८ जेठ, रौतहट । आफ्नो जन्मदिनको शुभअवसरमा समाजसेवी अमृत खड्काले ५ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्र प्रदान गरेका छन् ।

कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गा.वि.स. अध्यक्षसमेत रहेका खड्काले गोदावरी नगरपालिका बज्रबाराही चापागाउँ अस्पतालसहित ५ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर, मास्क, ग्लोब्सलगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

यस्तै, ४ थान उपकरण बाग्मती गाउँपालिका भट्टेडाँडा स्वास्थ्य केन्द्र, आश्राङ स्वास्थ्य चौकी, प्युटारमा निर्मित गाउँपालिकास्तरीय अस्पताल र गिम्दी स्वास्थ्य केन्द्र पठाइने भएको छ ।