सुनचाँदीको मूल्य वृद्धि

   २५ जेष्ठ २०७८, मंगलवार १२:१८  

२५ जेठ, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरी वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर मंगलबार तोलामा ९४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी आज सुनको भाउ तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको हो । महासंघका अनुसार हिजो तेजावी सुनको कारोबार प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा भएको थियो ।

त्यसैगरी, चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य वृद्धि भएर तोलामा १ हजार ३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाए ।