सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घट्यो

   २१ जेष्ठ २०७८, शुक्रबार १३:४७  

२१ जेठ, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा १५ सय रुपैयाँ गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज तेजावी सुनको कारोबार प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए । यसअघि तेजावीको कारोबार ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।