लागूऔषधसहित जावलाखेल फुटबल क्लबका म्यानेजर पक्राउ
१७ जेठ, रौतहट । जावलाखेल फुटबल क्लबका म्यानेजर अनुप श्रेष्ठलाई आज लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको टोलीले श्रेष्ठसहित तीनजनालाई एम्फेटामाइन (आइस) लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा अनुप श्रेष्ठसहित अम्रिता खड्का र परदु गुरुङ रहेका ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिए ।
बज्राचार्यले दिएका जानकारी अनुसार उनीहरुको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार नगद समेत बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई सोमबार जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरी हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एसएसपी किरण बज्राचार्यका अनुसार आफैं पनि लागूऔषध प्रयोगकर्ता रहेका श्रष्ठले खेलमैदानमै युवालाई लागूऔषध बिक्री पनि गर्ने गरेको समेत प्रहरी दाबी गरेको छ ।






