सप्तरीबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
१७ जेठ, रौतहट । भारतीय दुई लाख रुपैयाँ सहित सप्तरीबाट एक जना पक्राउ परेका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ बेरीयाघाटबाट २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका मण्डलमाथि शंका लागेपछि जाँच गर्दा १ लाख ९८ हजार ४ सय ९० भारतीय रुपैयाँ फेला परेको थियो । प्रहरीका अनुसार ५ सय दरको ३९६ वटा नोट, २ सय दरको २ वटा नोट लगायत ५० दरको १ वटा नोट र १० दरको ४ वटा नोट गरी उक्त भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका मण्डललाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






