स्वीट्जरल्यान्ड सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाडौँ पुग्यो
८ जेठ, रौतहट । कोरोना माहामारीका बेला स्वीट्जरल्यान्ड सरकारले पठाएको कोभिड १९ विरुद्धमा प्रयोग गरिने स्वास्थ्य सामाग्री नेपाल पुगेको छ ।
विनासकारी कोभिड १९ संकटसंग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको नेपालस्थित स्विज राजदूतवासले जनाएको छ ।
स्वीट्जरल्यान्ड सरकारले पठाएको सामग्रीमा अक्सिजन कन्सेन्ट्रेटर, ४० थान भेण्टिलेटर, ११ लाख यापिड एण्टिजेन टेस्ट, १ लाख १० हजार केएन, ९५ हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेको राजदूतवासले जानकारी दिएका छन् ।
करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।






