अगामी जेठ २५ गते भित्र विद्यार्थीको परीक्षाफल प्रकाशन गर्न; ललितपुर महानगरको निर्देशन

   ७ जेष्ठ २०७८, शुक्रबार १६:२४  

७ जेठ, रौतहट । शुक्रबार सूचना जारी गर्दैँ अगामी जेठ २५ गतेभित्र विद्यार्थीको आन्तरिक तथा वैकल्पिक विधिबाट मूल्यांकन गर्न ललितपुर महानगरले निर्देशन दिएको छ ।

शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका छन् ।

विद्यालयले यसअघि लिएको परीक्षा, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी अगामी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।