अक्सिजन सिलिन्डडरको मूल्य वृद्धि गरेर बिक्री गरेको आरोपमा ३ जना पक्राउ
६ जेठ, रौतहट । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका बेला अक्सिजन सिलिन्डडरमा कालोबजारी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लगनखेल बस्ने मकवानपुर हेटौंडाका ४२ वर्षीय नबराज खनाल, सातदोबाटो बस्ने नुवाकोटका ३९ वर्षीय रामकृष्ण घिमिरे र इमाडोल बस्ने धादिङ गल्छी बस्ने ४२ वर्षीय रामशरण अधिकारी रहेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रतिदिन कोरोना संक्रमितको संख्या थपिदैँ जादाँ अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका १४ महालक्ष्मीस्थानबाट मंगलबार राति नै पक्राउ गरेको थियो ।
उनीहरुले बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई प्रतिसिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको प्रहरीले जनाएको छ ।






