सुनसरीमा फौजि किराको प्रकोप

   ३ जेष्ठ २०७८, सोमबार १२:०९  

३ जेठ, रौतहट । सुनसरीमा बितेको साल जस्तै यसवर्ष पनि फौजि किराको प्रकोप देखिएको छ ।

जिल्लाको प्रकाशपुर, भोक्रहा, देवानगञ्ज, लोकही, महेन्द्रनगर, लगायतका स्थानमा अघिल्लो वर्ष जस्तै यसपाली पनि लगाइएको मकै वालीमा फौजी किराको प्रकोप देखिएको हो ।

किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग व्यापक छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले जानकारी दिए । उरावका अनुसार बाहिरवाट मकै पुस्ट देखिएपनि घोगामा दाना नहुने समस्या रहेको कृषकहरुले बताएका छन् ।