सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
३ जेठ, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार एकै दिन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार पनि तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिए ।
त्यसैगरी, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर आज प्रतितोलामा १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






