नेप्सेमा दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

   ३१ बैशाख २०७८, शुक्रबार १५:१५  

३१ बैशाख, रौतहट । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई वाणिज्य बैंकको शेयर आज देखि रोक्का भएको छ ।

दुई पुराना वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले बिहीबार साँझ एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता गरेपछि नेप्सेले बैशाख ३१ गते (शुक्रबार)देखि शेयर कारोबार रोक्का गरेको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति –एक्विजिशन सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ