सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ स्थिर
द नेपाल मिडिया
२९ बैशाख २०७८, बुधबार १२:१७
२९ बैशाख, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ, भने चाँदीको भाउ स्थिर नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज प्रतितोलामा ९२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बुधबार तेजाबी सुनको कारोबार तोलामा ९१ हजार ५ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार तोलामा १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जानकारी दिए ।






