किट अभावका कारण टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

   २८ बैशाख २०७८, मंगलवार १४:३४  

२८ बैशाख, रौतहट । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना परीक्षण आज देखि स्थगित गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।

पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनाएको छ । उनले भने ‘अन्य ल्याबको किट हामी प्रयोग गर्दैनौं ।