अवैध रकमसहित एक जना पक्राउ
२७ बैशाख, रौतहट । बर्दियाबाट स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका ९१ बस्ने २९ वर्षीय गोपाल चौधरी रहेको प्रहरीले जनाएको छ ।
कैलालीबाट राजपुर आउदै गरेको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई रोकि चेक जाँच गर्ने क्रममा अवैध रकमसहितद चौधरीलाई आइतबार नै नियन्त्रणमा लिएको प्रहरीले बताए ।
मोटरसाइकल चेक जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्किको दुई वटा पोकामा लुकाई छिपाई राखीएको अवस्थामा उनका साथबाट १७ लाख ५० हजार भारु रुपैयाँ बरामद भएको प्रहरीले जनाए ।
बरामद भएको रकमसहित पक्राउ परेका चौधरीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






