सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढ्यो
द नेपाल मिडिया
२४ बैशाख २०७८, शुक्रबार १२:३८
२४ बैशाख, रौतहट । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज तोलामा ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको भाउ बढेर शुक्रबार तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको महांघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर आज १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।






