रिलायन्स फाइनान्सको बोनस शेयर ११ औ साधारणसभा सम्पन्न
२४ बैशाख, रौतहट । रिलायन्स फाइनान्सको ११ औ साधारणसभाले १० प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । फाइनान्सको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस प्रस्ताव पारित गरेको हो ।
कोरोना भाइरसको दोस्रो लहरका कारण जुमको माध्यमबाट भर्चुअल रुपमा सम्पन्न सो साधारणसभाले फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मजर्र तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तव समेत पारित गरेको छ । सो बोनस शेयर वितरणपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँ पुगेको छ।






