सुनचाँदीको भाउ घट्यो

   २२ बैशाख २०७८, बुधबार ११:३९  

२२ बैशाख, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक सय रुपैयाँ घटेर तोलामा ९० हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको कारोबार आज प्रतितोलामा ८९ हजार ८ सय रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।

त्यसैगरी, आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । हिजोकोे तुलनामा चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घट्दै आज १ हजार ३ सय २० रुपैयाँ तोकिएको हो ।