सुनचाँदीको मूल्य वृद्धि

   २० बैशाख २०७८, सोमबार १४:३८  

२० बैशाख, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य आज प्रतितोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, हिजो ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बढेर आज तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतबार १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ रुपैयाँ प्रतितोलामा निर्धारण गरिएको महासंघले जनाए ।