अवैधरुपमा ल्याएको सामान बरामद

   १९ बैशाख २०७८, आईतवार १३:०४  

१९ बैशाख, रौतहट । अवैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ लविपुरस्थित सडकमा सवार साधन चेक जाँच गर्ने क्रममा भारतबाट अवैधरुपमा ल्याएको सामानहरु प्रहरीले बरामद गरेको हो ।

को. १ ख ४२७५ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा बरामद भएको १३ वटा बोरामा लत्ताकपडा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको सामानहरुको मूल्य करिब ६ लाख ३२ हजार ९ सय ४० रुपैयाँ बराबर रहेको छ ।

उक्त सामान नियन्त्रणमा लिएपनि फरार भएका कपडाधनीको हाल खोजी नै भइरहेको सुनसरी प्रहरीले बताए ।

बरामद गरिएको कपडालाई आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशीव्यारेज सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।