अक्सिजनजन्य सामग्रीको आयातमा कर छुट गर्ने; अर्थ मन्त्रालयको निर्णय
१६ बैशाख, रौतहट । नेपालमा सरकारले अक्सिजनजन्य सामग्रीको आयातमा पूर्ण कर छुट गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयको सिफारिसमा यही वैशाख १३ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो । मन्त्रिपरिषद्को बैठकले अक्सिजनको प्रयोगका लागि चाहिने सामग्री आयातमा कर छुट दिएको निर्णय गरेको हो ।
नेपालमा अक्सिजन उत्पादन गर्ने उद्योगका लागि चाहिने कच्चा पदार्थ, मेसिन, पाइप, सिलिन्डर, भल्भ, कन्टेनरलगायत सामग्रीको आयातमा अब कर लाग्नेछैन ।
अर्थ मन्त्रालयका अनुसार सरकारले अक्सिजनजन्य वस्तुको आयातमा भन्सार पनि नलिने निर्णय भएको छ ।






