एनएसएल लिग अन्तर्गत आज दुई खेल हुदैँ
१५ वैशाख, रौतहट । खुकुरी नेपाल सुपर लिग(एनएसएल) फुटबलको पहिलो संस्करणमा आज(बुधबार) दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल दिउँसो २ः३० देखि खेलिनेछ ।
पहिलो खेलमा चितवन एफसी र बुटबल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै दोस्रो खेल ५ः३० देखि विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी एनएसएलमा सात शहरका ७ टोलीको सहभागिता रहेको छ । एनएसएलमा विराटनगर सिटि फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटि फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसी रहेका छन् ।
विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।






