सुनचाँदीको भाउ घट्यो
१२ बैशाख, रौतहट । नेपाली बजारमा साताको पहिलो दिने सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ ४ सय रुपैयाँले घटेर आज प्रतितोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । महासंका अनुसार शुक्रबार तेजाबी सुनको कारोबार तोलामा ९१ हजार २ सय रुपैयाँमा भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले घटे्को छ । आइतबार चाँदीको भाउ प्रतितोलामा १ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाए ।






