नक्कली नोटसहित एक जना पक्राउ
१२ बैशाख, रौतहट । ललितपुरबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नोटसहित पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका वडा नम्बर ७ जैर बस्ने १९ वर्षीय मुन बहादुर रावत रहेका प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतलाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ स्थित ग्वार्कोबाट नियन्त्रणमा लिएको प्रहरीले बताए । रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।
अदालतबाट म्याद लिएर पक्राउ परेका रावतलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






