त्रिदेशीय कपः नेपाल र मलेसियाबीच आज अन्तिम खेल हुने

   ९ बैशाख २०७८, बिहीबार ०९:४२  

९ वैशाख, रौतहट । नेपालको मैदानमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपाल र मलेसियाबीच अन्तिम खेल हुनेछ । त्रिकोणात्मक टि २०को अन्तिम खेल दिउँसो १ बजेदेखि टियु क्रिकेट मैदानमा हुनेछ ।

अब नेपाल त्रिदेशीय खेलको फाइनमा पुगिसकेको छ । मलेसिया प्रतियोगिताबाट बाहिरीसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल आजको खेलमा पनि हराउने दाउमा हुनेछ भने मलेसिया यो खेल जितेर फाइनलमा पुग्ने उद्देश्यमा हुनेछ ।

नेपालको टिमबाट ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी , करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम खेल्ने छन ।

त्यस्तै मलेसियाबाट सयेद अजिज, अनवर अरुदिन, अह्मद फैज, विरानदिप सिंह, सार्भिन मुनींदी, अस्फाक सारिफ, अमिनुदिन रामली, खिजर हयात, मोहमद वाफिक, अनवर रहमान, पवनदिप सिंह खेल्नेछन् ।