सुनचाँदीको मूल्य वृद्धि

   ८ बैशाख २०७८, बुधबार १२:२०  

८ बैशाख, रौतहट । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज प्रतितोलामा ९२ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, महासंघका अनुसार आज तेजावी सुनको कारोबार तोलामा ९१ हजार ५ सय रुपैयाँमा भइरहेको छ ।

त्यसैगरी, तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य बुधबार बढेको छ । तोलामा १० रुपैयाँ बढेर आज प्रतितोलामा १ हजार ३ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।