फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरीद गर्ने सोमबारअन्तिम दिन
द नेपाल मिडिया
६ बैशाख २०७८, सोमबार १२:११
६ बैशाख, रौतहट । फर्स्ट माइक्रोफाइनान्स ले लिलामीमा ल्याएको संस्थापक शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत ३ गतेदेखि संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।
इच्छुक योग्य लगानीकर्ता (विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरु) हरुले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा ५ हजार कित्ता वा १० ले भाग जानेगरी सम्पूर्ण शेयरका लागि आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।






