शनिबार रातिदेखि फेरि इन्धनको मूल्य वृद्धि
५ बैशाख, रौतहट । पेट्रोल, डिजेल र मटीतेलको फेरि मूल्य वृद्धि भएको छ ।
नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी प्रतिलिटरमा रु १ सय रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको हो ।
भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
इन्धनको भाउमा वृद्धि भएसंगै पेट्रोलको १२१ तथा डिजेल र मटीतेलको १०४ रुपैयाँ तथा हवाई इन्धनको ७६ रुपैयाँ प्रतिलिटर मूल्य निर्धारण भएको निगमले जनाए ।






