मकाउमा सम्पन्न अन्तराष्ट्रिय दौडमा नेपाल तेश्रो स्थानमा

   २९ चैत्र २०७७, आईतवार १६:३७  

२९ चैत, रौतहट । मकाउमा सम्पन्न भएको १० किलोमिटर लामो दुरीको अन्तराष्ट्रिय दौडमा नेपालले तेश्रो स्थान हासिल गरेको छ।

नेपाली धावक नरी चन्द तेश्रो भएका हुन् । चन्दले नेपालमा पनि विभिन्न उपाधि जितिसकेका छन् ।

पुरुषहरुको दौडमा वाङ होङ वी प्रथम, वियन क्वी दोश्रो भएका थिए। सोही दुरीको महिलाहरुको पनि दौड गरिएको थियो। यसैगरी महिलातथा पुरुषको बेग्लाबेग्लै फनदौड पनि आयोजना गरिएको थियो।

प्रतियोगितामा करिब ९ हजार धावकको सहभागिता रहेको थियो। कोभिड परीक्षणपछि मात्र सहभागीहरुलाई खेलमा सहभागी गराईएको थियो।

मकाउ सरकारको खेलकुद ब्युरो र मकाउको एथलेटिक्स एशोशियशनले आयोजना गरेको सो प्रतियोगिता यस वर्ष आयोजना गरिएको पहिलो प्रतियोगिता थियो।