मनकामना केबुलकार चैत २५ देखि ३० गतेसम्मको लागि बन्द

   २४ चैत्र २०७७, मंगलवार ११:४८  

२४ चैत, रौतहट । मनकामना केबुलकार यही चैत २५ गते देखि ६ दिनका लागि बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो ।

केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जनाए ।

काम पछि चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने उनले बताए ।