सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २३ चैत्र २०७७, सोमबार १२:२१  

२३ चैत, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज प्रतितोलामा ८७ हजार २ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजावी सुनको कारोबार तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए । त्यसैगरी, सोमबार चाँदीको भाउ घटेर आज प्रतितोलामा १ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार चाँदीको कारोबार आइतबार तोलामा १ हजार २ सय ४० रुपैयाँमा भएको थियो ।