सचिन तेन्दुलकर अस्पताल भर्ना

   २० चैत्र २०७७, शुक्रबार १३:११  

२० चैत, रौतहट । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकर कोरोना संक्रमण भएको ६ दिनपछि अस्पताल भर्ना भएका छन् ।

कोरोनाबाट ग्रसित तेन्दुलकर उपचारका लागि आज अस्पताल भर्ना भएका हुन् । चिकित्सकको सल्लाहअनुसार आफू अस्पताल भर्ना भएको उनले ट्वीटमार्फत बताएका छन् ।