सुनचाँदीको मूल्य वृद्धि
द नेपाल मिडिया
१९ चैत्र २०७७, बिहीबार १३:२०
१९ चैत, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज तोलामा ८६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहीबार तेजावी सुनको कारोबार प्रतितोलामा ८६ हजार ५० रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्यपनि तोलामा १५ रुपैयाँले बढेरको छ । हिजो प्रतितोलामा १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार २ सय १० रुपैयाँ तोकिएको छ ।






