मदनकृष्णसंग भेट्दा कि रोएकी थिइन्: वियोन्स
१९ चैत, रौतहट । ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा आएको छ ।
लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाएकी हुन् ।
वियोन्सले गाएकी यो गीतले युटुबमा हंगामा नै मच्चाइएको छ । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।
तर, मदनकृष्णसंग वियोन्सविच भेट्दा वियोन्स रोएकी थिइन् । यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् ।






