गुल्मीमा आगलागी हुँदा ११ घर जलेर नष्ट
१२ चैत, रौतहट । गुल्मीमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् ।
बुधबार राति गुल्मीको सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि, कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्माका अनुसार सुख्खा मौससमा बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेर नष्ट भएको हो ।
आलागीबाट ११ वटा घर जलेर पूर्ण नष्ट भएका छ । आगलागीबाट भएको क्षतिको विवरण आउन हाल बाँकी नै रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।






