सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   ६ चैत्र २०७७, शुक्रबार १२:१६  

 

६ चैत, रौतहट । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज प्रतितोलामा ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुुनको कारोबार आज तोलामा ८६ हजार २ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै, हिजो १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य घटेर आज प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।