मालपोतमा कार्यरत अधिकृत २४ हजार घुससहित पक्राउ
६ चैत, रौतहट । कञ्चनपुरको मालपोतमा कार्यरत अधिकृत २४ हजार घुससहित पक्राउ परेका छन् ।
घुससहित पक्राउ पर्नेमा मालपोत अधिकृत लोकराज जोशी रहेका प्रहरीले जनाएको छ । मालपोत कार्यालयमा कार्यरत अधिकृत जोशीलाई सेवाग्राहीबाट रु २४ हजार रुपैयाँ घुस लिएको नगदसहित बिहीबार नै नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले जनाएका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका लोकराज जोशीलाई अख्तियारको हिरासतमा राखी यसबारे थप अनुसन्धान भइरहेको राखिएको जोशीले बताए ।






