मंगलबार सुनको मूल्य प्रतितोलामा १७ सय रुपैयाँ गिरावट
१८ फागुन, रौतहट । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ ओरालो लागेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर आज प्रतितोलामा ८७ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, महासंघका अनुसार आज तेजावी सुनको भाउ ८६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको कारोबार ८८ हजार २ सय ५० रुपैयाँमा भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउमा पनि गिरावट भएको छ । सोमबार तोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ४० रुपैयाँले घटेर आज प्रतितोलामा १ हजार २ सय ९० रुपैयाँ तोकिएको छ ।






