सुनचाँदीको मूल्य वृद्धि, तोलामा कति पुग्यो
११ फागुन, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९० हजार १ सय रुपैयाँ तोकिएको छ । छापावाल सुनको मूल्य आइतबार तोलामा ८९ हजार रुपैयाँ कायम भएको भाउ सोमबार पनि स्थिर नै रहेको थियो ।
यस्तै, मंगलबार तेजावी सुनको भाउ प्रतितोलामा ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबारको तुलनामा आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार तोलामा १ हजार ३ सय ६० रुपैयामा भइरहेको छ ।
महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको थियो ।






