मेयर कप कराँतेमा सुदुर पश्चिम टिम च्याम्पिन
९ फागुन, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ ।
प्रतियोगितामा सुदुर पश्चिमले ४ स्वर्ण पदक हात पार्दे टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश २ द्धितिय र एक स्वर्ण सहित प्रदेश नं १ ले तृतिय स्थान हासिल गरेको छ ।
चन्द्रपुर नगरपालिकाको सहयोगमा आयोजना भएको सो प्रतियोगिताको हरेक तौल समुहमा प्रथम हुने खेलाडीले नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए । चन्द्रनिगाहपुरको तुलसी लाल स्मृती खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको २५ किलो तौल समुहमा सुदुर पश्चिमका सोनाम तामाङ प्रथम भएका छन भने सोही तौल समुहमा गण्डकी प्रदेशका रोमन नेपाली द्धितिय र बागमती प्रदेशका बिजय थापा मगर र प्रदेश नं १ का मिण्डे शेर्पा तृतिय भएका छन ।

यसैगरी ३० किलो तौल समुहमा सुदुर पश्चिमका संन्देश लामा प्रथम ,गण्डकी प्रदेशका संदिप रुचाल द्धितिय प्रदेश नं १ का मुन्दुगं र बागमती प्रदेशका अंकित गुरुङ्ग तृतिय भएका छन । प्रतियोगिताको ३५ किलो तौल समुहमा सुदुर पश्चिमका राकेश मानन्धर प्रथम भएका छन ।
४० किलो तौल समुहमा सुदुर पश्चिमका सुनिल ठगुन्ना प्रथम बन्दा ४५ किलो तौल समुहमा बागमती प्रदेशका रोषन खातीले प्रथम स्थान हासिल गरेका छन । ५० किलो तौल समुहमा प्रदेश नं १ का धनकुमार राई प्रथम, बागमती प्रदेशका संजित तामाङ दोस्रो र प्रदेश नं २ का बिसाल सिंह, गण्डकी प्रदेशका अभिषेख कुमाल तृतिय भएका छन ।
५५ किलो तौल समुहमा बागमती प्रदेशका सुबिन खत्रि प्रथम लुम्बीनी प्रदेशका प्रल्हाद पाण्डे द्धितिय कर्णालीका प्रकाश सलामी मगर र प्रदेश नं २ का मुकेश मारिक तृतिय भएका छन । यसैगरी ६० किलो तौल समुहमा प्रदेश नं २ का स्वतन्त्र मगर प्रथम, प्रदेश नं १ का जेपी राई द्धितिय, बागमती प्रदेशका सुजन मगर, गण्डकी प्रदेशका मनोज श्रेष्ठ तृतिय भए । ६७ किलो तौल समुहमा प्रदेश नं २ का सरोज पासवान प्रथम, प्रदेश नं १ का क्रितन राई द्धितिय, लुम्बीनीका प्रतिक कुवर र बागमतीका रोजन ठकुरी तृतिय भए । काता तर्फ प्रदेश २ का बब्लु राईन प्रथम भएका छन । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश २ का स्वतन्त्र मगर घोषित भएको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले बताए ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरी, उप प्रमुख रामरती चौधरी, नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ्ग लगाएतकाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।






