सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो
द नेपाल मिडिया
२० माघ २०७७, मंगलवार १३:५१
२० माघ, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही भाउमा कारोबार भइहरेको हो ।
यस्तै, हिजो ९२ हजार १ सय रुपैयाँ तोकिएको तेजावी सुनको कारोबार आज पनि सोही मूल्यमा भइरहेको महासंघदे जानकारी दिए ।
त्यसैगरी, आज चाँदीको मूल्यमा २० रुपैयाँ गिरावट आएको छ । सोमबार प्रतितोलामा १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






