बिहीबार पनि सुनचाँदीको मूल्य घट्यो

   १५ माघ २०७७, बिहीबार १३:०६  

१५ माघ, रौतहट । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको छापावल सुनको भाउ आज घटेर प्रतितोलामा ९२ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, हिजो ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ९१ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जनाए ।

त्यसैगरी, बुधबार १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा ५ रुपैयाँ घटेर आज चाँदीको प्रतितोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।