सुनचाँदीको मूल्यमा गिरावट

   १४ माघ २०७७, बुधबार १३:५२  

 

१४ माघ, रौतहट । नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोलामा रु ७ सय रुपैयाँ गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघघका अनुसार मंगलबार तोलामा ९२ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको कारोबार आज प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा भइरहेको हो ।

यस्तै, बुधबार तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबर भइरहेको महासंघले जनाए ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

हिजो तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो, भने आज प्रतितोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।