बुद्धभुमी नेपाल हाइड्रोपावरको आईपीओ आउने
१३ माघ, रौतहट । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले आगामी फागुन ७ गते शुक्रबार आह्वान गरेको १३ औं वार्षिक साधारण सभामा प्राथामिक शेयर निष्काशन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने मुख्य एजेण्डा राखिएको छ ।
साधारण शेयर निष्काशनका लागि कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयरको रेटिङ समेत सम्पन्न गरिसकेको छ । कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । यो रेटिङ्ग आईपीओ निष्काशन गर्न मिल्ने रेटिङ हो ।
नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार ग्रेड पाँच रेटिङ्ग प्राप्त गर्ने हाइड्रोपावर कम्पनीले भने साधारण शेयर निष्काशन गर्न नपाउने प्रावधान छ ।
कम्पनीले ५ मेगावाट क्षमताको तल्लो तादी खोला हाइड्रोपावर आयोजान निर्माण गरिहेको छ । आयोजनाको निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ ।






