सुनको भाउमा सामान्य गिरावट, चाँदीको भाउ स्थिर
११ माघ, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितालामा ९२ हजार ६ सय रुपैयाँ कायम भएको हो।
यसैगरी, आइतबार तेजावी सुनको कारोबार प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।
तर, सुनको मूल्यमा सामान्य वृद्धि भएपछि आज आइतबार चाँदीको मूल्य स्थिर नै रहेको छ ।
शुक्रबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






