गायक रत्न बाँनियाको आज बिहान निधन
७ माघ, रौतहट । बुधबार बिहान गायक तथा सर्जक रत्न बाँनियाको निधन भएको छ ।
चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा आज बिहान करिब ३ बजेको समयमा उनका निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिएका हुन् । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य तथा झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् ।
उनी गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए । बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ ।
बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।






