राष्ट्र बैंकको निर्देशन; शनिबार पनि बैंक खुला राख्ने

   २४ पुष २०७७, शुक्रबार ११:३७  

२४ पुस, रौतहट । राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ ।

दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।

केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।