सुनचाँदीको मूल्य उकालो लाग्दैँ
द नेपाल मिडिया
२१ पुष २०७७, मंगलवार ११:२९
२१ पुस, रौतहट । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ १ हजार १ सय रुपैयाँ बढेर आज तोलामा ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजावी सुनको कारोबार प्रतितोलामा ९५ हजार ९ सय रुपैयामा भइरहेको महासंघले जानकारी दिए ।
यसैबीच, सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ३५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।






