आज प्रचण्ड–नेपाल पक्षले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषण गर्ने

   १८ पुष २०७७, शनिबार ११:४२  

१८ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–माधव नेपाल समुहले आज संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

नेता हिमाल शर्माले दिएका जानकारी अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रचण्ड–नेपाल पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने भएको हो ।

यही पुस ५ गते मन्त्रिपरिषद् बैठक बोलाइए प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका थिए ।

त्यसलगत्तै प्रचण्ड नेपाल समूहले चरणवद्ध रुपमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो ।